Title of the document

 

अन्य गतिबिधिहरु

ज्ञान चौतारी सचिवालयको अन्य गतिबिधिहरु यस प्रकार हुनेछन्

समीक्षा र छलफलः नीति, रणनीति, निर्देशिका, कार्यक्रम, आदिमा अनुसन्धान  तथा कार्यक्रमहरुबाट प्राप्त नतिजाहरुको प्रयोगका विषयमा समीक्षा र छलफल ।

विज्ञहरुको सूचीः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कार्यक्रमसँग सरोकार राख्ने विभिन्न क्षेत्रहरुका विज्ञहरु, जसलाई मन्त्रालयले विज्ञताको आधारमा उपयुक्त बिषयमा छलफल, अन्तक्र्रिया वा प्रतिक्रियाका लागि सम्पर्क गर्नसक्नेछ ।

संक्षिप्त प्रतिबेदनः महत्वपूर्ण अन्तर्राष्ट्रिय कार्यक्रममा मन्त्रालयका आधिकारिक व्यक्तित्वहरुको सहभागिताबारेको प्रतिबेदन ।

ज्ञान सामाग्रीहरुको टिपोटः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्णय लिन सहयोग गर्ने सिफारिसहरु भएका अनुसन्धान नतिजाका साराशं, नीति संक्षिप्त, अनुसन्धान संक्षिप्त, आदिको संग्रह ।

स्थिति विश्लेषणः नीति र योजना तर्जुमा एवं निर्णय प्रक्रियामा विभिन्न अनुसन्धान तथा कार्यक्रमहरुबाट प्राप्त नतिजाहरुको प्रयोगमा के कस्ता तत्वहरु तथा सरोकारवालाहरुको कस्तो प्रभाव रहन्छ भन्ने विश्लेषण ।

प्रवक्ता



महाशाखा प्रमुख
स्वास्थ्य समन्वय महाशाखा

सहायक सूचना अधिकारी

 
  info @ mohp.gov.np
  +९७७-०१४२६२६९६, ४२६२५४३
  +९७७-४२६२६९६
 रामशाहपथ, काठमाण्डौं, नेपाल

सामाजिक सन्जालमा मन्त्रालय