Title of the document

 

Administration and logistics management section

  • प्रयोगशाला व्यवस्थापनका लागि संघीय तहमा खरिद तथा आपूर्ति सम्बन्धि राष्ट्रिय कानुन, नीति, निर्देशिका, गुणस्तर मापदण्ड, प्रोटोकलहरु निर्माण गर्न सहयोग गर्ने ।
  • प्रयोगशाला व्यवस्थापन सम्बन्धी औषधि, स्वास्थ्य उपकरण तथा औजारहरुको मापदण्ड एवम् specification bank तयार तथा अध्यावधिक गर्ने ।
  • प्रयोगशालाका लागि आवश्यक पर्ने विशिष्ट किसिमका औषधी तथा स्वास्थ्य सामाग्रीहरुको खरीद तथा प्रदेशस्तरमा आपूर्तिको व्यवस्था गर्ने ।
  • प्रदेश तथा स्थानीय स्तरमा प्रयोगशाला व्यवस्थापन सम्बन्धित आवश्यक औजार, उपकरण तथा औषधीहरुको खरीद तथा आपूर्ति गर्न सहजिकरण गर्ने ।
  • राष्ट्रियस्तरमा आपूर्ति व्यवस्थापन सूचना प्रणालिलाई संस्थागत गर्न समन्वय तथा सहजिकरण गर्ने ।
  • प्रयोगशाला अन्तरगतका कार्यालयहरुमा आवश्यक समाग्रीको व्यवस्थापन गर्ने ।
  • प्रयोगशालाका कर्मचारीहरुको हाजिर तथा विदा व्यस्थापन सम्बन्धी कार्य गर्ने ।
  • प्रयोगशालाका कर्मचारीहरुको व्यक्तिगत विवरण अध्यावधिक गर्ने ।
  • प्रयोगशाला अन्तरगत दर्ता, चलानी समबन्धी कार्य गर्ने ।
  • प्रयोगशालाको भवनको सुरक्षा, सरसफाई, बत्ति, पानी तथा टेलिफोनको प्रवन्ध लगायत आन्तरिक प्रशासन सम्बन्धी अन्य कार्य गनेए ।
  • प्रयोगशालामा रहेका सरसामानहरुको रेखदेख तथा मर्मत सम्भारको व्यवस्था मिलाउने ।
  • प्रयोगशाला अन्तरगत जिन्सी व्यवस्थापन गर्ने ।
  • प्रयोगशालाको कामका सिलसिलामा आईपर्ने अन्य प्रशासनिक कार्यहरु गर्ने ।
  • प्रयोगशालास्तरमा कानूनी परामर्श प्रदान गर्ने ।
  • प्रयोगशाला र अन्तरगतका कार्यालयका लागि आर्थिक विवरण तयार गर्ने ।
  • प्रयोगशाला अन्तरगत अख्तियारी व्यवस्थापन तथा रकमान्तर गर्ने ।
  • प्रयोगशाला अन्तरगतका शाखाहरुको बजेट निकासा गराउने ।
  • प्रयोगशाला आन्तरिक लेखा परिक्षण गराउने ।
  • प्रयोगशाला अन्तरगतका कार्यालयहरुको अन्तिम लेखा परिक्षण गराउने ।
  • प्रयोगशाला अन्तरगत बेरुजुको लगत राख्ने तथा बेरुजु फर्छयौट गराउने ।
  • प्रयोगशालाको कार्य संचालनको निकासा लिने ।
  • प्रयोगशाला अन्तरगत बिलिङको कार्य गर्ने ।
  • प्रयोगशालाको दैनिक कार्य संचालनको लागि खर्च भएको रकम भुक्तानी दिने ।
  • प्रयोगशालाको आर्थिक तथा आन्तरिक प्रशासन सम्बन्धी मासिक तथा वार्षिक विवरण तयार गर्ने ।
  • प्रयोगशालाको आर्थिक प्रशासनसंग सम्बन्धित राय सल्लाह प्रदान गर्ने ।
  • संघीयस्तरको वार्षिक कार्य योजना तर्जुमा प्रक्रिया तथा कार्यान्वयनमा समन्वय तथा सहयोग गर्ने ।

प्रवक्ता



महाशाखा प्रमुख
स्वास्थ्य समन्वय महाशाखा

सहायक सूचना अधिकारी

 
  info @ mohp.gov.np
  +९७७-०१४२६२६९६, ४२६२५४३
  +९७७-४२६२६९६
 रामशाहपथ, काठमाण्डौं, नेपाल

सामाजिक सन्जालमा मन्त्रालय