Title of the document

 

ज्ञान चौतारी

 

यस मन्त्रालय अन्तर्गत रहेको नीति, योजना तथा अनुगमन महाशाखाले  नीतिनिर्माताहरु, कार्यक्रम प्रबन्धकहरु, अनुसन्धानकर्ताहरु, लगायत स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सम्पूर्ण स्वास्थ्य प्रणालीसंग सम्बद्ध सरोकारवालाहरुलाई, अनुसन्धानमा आधारित तथ्य र प्रमाणलाई नीति तथा कार्यक्रमिक निर्णयहरुमा प्रतिबिम्बित गर्न सहयोग गर्ने विभिन्न गतिबिधिहरु संचालनमा ल्याउने उद्धेश्यले ‘ज्ञान चौतारी (Knowledge Café) सुरुवात गरिएको हो ।  नीति, योजना तथा अनुगमन महाशाखा अन्तर्गत रहेको नीति तथा योजना शाखालाई ज्ञान चौतारीको सचिवालय तोकिएको छ । यसले स्वास्थ्य क्षेत्रको नीति निर्माण, योजना तथा कार्यक्रम तर्जुमा र बजेट सम्बन्धि निर्णय प्रक्रियामा अनुसन्धानमा आधारित तथ्यको प्रयोगलाई बढावा दिनका लागि  विभिन्न कार्यक्रमहरुको आयोजना र सहजीकरण गर्दछ।

ज्ञान चौतारी सचिवालयको थुप्रै कार्यक्रमहरु मध्येको एक महत्वपूर्ण कार्य “ज्ञान चौतारी बैठक (Knowledge Café Meeting) आयोजना गर्नु हो । यो बैठकमा सम्बन्धित सरोकारवालाहरु हरेक पटक कुनै एउटा चुनिएको बिषयमा स्वास्थ्य नीति र अभ्यासको बारेमा अवधारणा र विचारहरू सहित अन्तक्र्रिया गर्दै आफ्नो अनुभव तथा उपलब्ध तथ्य र प्रमाणहरुको आधारमा स्वास्थ्य समस्या, कार्यक्रम र नीतिहरुका लागि आवश्यक नयाँ ज्ञान तथा समाधान र उक्त ज्ञानको उपयोगिता सम्बन्धी गहन छलफल गर्दछन् ।

यस गतिबिधिको उद्धेश्य स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नीतिनिर्माता, कार्यक्रम प्रबन्धक लगायत अन्य सरोकरवालाहरुबीच नीति निर्माण, योजना तर्जुमा लगायतका निर्णय प्रक्रियामा अनुसन्धानमा आधारित तथ्य र प्रमाणको प्रयोगलाई बढावा दिनु हो।

 

ज्ञान चौतारी संक्षिप्त परिचय (डाउनलोड गर्नुहोस )

 

प्रवक्ता



महाशाखा प्रमुख
स्वास्थ्य समन्वय महाशाखा

सहायक सूचना अधिकारी

 
  info @ mohp.gov.np
  +९७७-०१४२६२६९६, ४२६२५४३
  +९७७-४२६२६९६
 रामशाहपथ, काठमाण्डौं, नेपाल

सामाजिक सन्जालमा मन्त्रालय