Title of the document

 

Leprosy Control and Disability Management Section

  • छाला रोग तथा कुष्ठ रोग नियन्त्रणका लागि आवश्यक राष्ट्रिय कानून, नीति तथा रणनीति तयार गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहयोग गर्ने  ।
  • विभिन्न तहका स्वास्थ्य संस्थाहरुबाट प्रदान गरिने छाला रोग तथा कुष्ठरोग सम्बन्धी उपचारात्मक सेवाहरुका लागि आवश्यक मापदण्ड, प्रोटोकल, निर्देशिका तयार एवम् गुणस्तर निर्धारण गर्ने ।
  • छाला रोग तथा कुष्ठ रोग समबन्धी प्राविधिक जनशक्ति विकासका लागि आवश्यक समन्वय तथा सहयोग गर्ने ।
  • प्रदेश र स्थानीय तहलाई रोग नियन्त्रणका तथा कुष्ठरोग प्रभावितहरुको सामाजिक पुनस्र्थापनका लागि आवश्यक सहयोग तथा समन्वय गर्ने ।
  • रोग नियन्त्रण सम्बन्धी संघस्तरको बार्षिक कार्य योजना तर्जुमामा सहयोग तथा कार्यान्वयन गर्ने ।
  • कुष्ठरोग प्रभावितहरुको सामाजिक पुनस्र्थापना तथा व्यवस्थापनका लागि सहयोग गर्ने ।
  • छाला रोग तथा कुष्ठ रोग सम्बन्धी तालिम तथा अनुसन्धानात्मक कार्यका लागि आवश्यक सहयोग तथा समन्वय गर्ने ।
  • छाला रोग तथा कुष्ठ रोेग नियन्त्रण सम्बन्धी सुचना सम्बन्धी औषधि, उपकरण तथा औजारहरुको खरिद आपूर्ती तथा व्यवस्थापनका लागि सहजिकरण गर्ने ।
  • छाला रोग तथा कुष्ठ रोग नियन्त्रण समबन्धी सुचना व्यवस्थापन तालिम लगायतका संघीय कार्यहरुमा समन्वय र सहयोग गर्ने ।
  • छाला रोग तथा कुष्ठ रोग सम्बन्धी राष्ट्रिय स्तरमा अनुगमन तथा मुल्यांकन, सर्वेक्षण, सर्भिलेन्स तथा अनुसन्धान सम्बन्धी कार्यका लागि सहयोग गर्ने ।
  • चोटपटक एवं दुर्घटनाका घाइतेहरुको उपचार तथा अपांगता व्यवस्थापन सम्बन्धी आवश्यक राष्ट्रिय कानून, नीति तथा रणनीति तयार गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाइए सहयोग गर्ने ।
  • विभिन्न तहका स्वास्थ्य संस्थाहरुबाट एवं दुर्घटनाका घाइतेहरुको उपचार तथा अपांगता व्यवस्थापनका लागि आवश्यक मापदण्ड, प्रोटोकल, निर्देशिका तयार एवम् गुणस्तर निर्धारण गर्ने
  • प्रदेश र स्थानीय तहमा चोटपटक एवं दुर्घटनाका घाइतेहरुको उपचार तथा अपांगता व्यवस्थापनका लागि आवश्यक सहयोग तथा समन्वय गर्ने ।
  • चोटपटक एवं दुर्घटनाका घाइतेहरुको उपचार तथा अपांगता व्यवस्थापन सम्बन्धी संघस्तरको बार्षिक कार्य योजना तर्जुमामा सहयोग तथा कार्यान्वयन गर्ने ।
  • चोटपटक एवं दुर्घटनाको घाइतेहरुको उपचार तथा आपांगता व्यवस्थापन सम्बन्धी विशिष्ट किसिमका औषधि, उपकरण तथा औजारहरुको खरिद आपूर्ति तथा व्यवस्थापनका लागि आवश्यक सहजिकरण गर्ने ।
  • चोटपटक एवं दुर्घटनाको घटना तथा अपांगता न्यूनिकरणका लागि संघीय स्तरमा सम्बद्ध निकायहरुसँग समन्वय तथा सहकार्य गर्ने ।
  • चोटपटक एवं दुर्घटनाका घाइतेहरुको उपचार सेवा तथा अपांगता व्यवस्थापन सेवा प्रवाह तथा व्यवस्थापन समबन्धी सूचना व्यवस्थापन, तालिम लगायतका संघीय कार्यहरुमा समन्वय र सहयोग गर्ने ।
  • चोटपटक एवं दुर्घटनाका घाइतेहरुको उपचार सेवा तथा अपांगता भएकाहरुको पुनस्र्थापना तथा व्यवस्थापनका लागि सहयोग तथा समन्वय गर्ने ।
  • चोटपटक एवं दुर्घटनाका घाइतेहरुको उपचार सेवा तथा अपांगता समबन्धी राष्ट्रिय स्तरमा अनुगमन तथा मूल्यांकन, सर्वेक्षण , सर्भिलेन्स, अनुसन्धान तथा नियमन सम्बन्धी कार्य गर्ने ।
  • अन्य सरकारी वा गैह्र सरकारी संघ संस्थाहरुसँगको समन्वयमा चोटपटक एवं दुर्घटनाका घाइतेहरु व्यवस्थापन तथा अपांगता भएकाहरुको हेरचाह र सहयोग सम्बन्धी कार्यहरुमा सहयोग र सहजिकरण गर्ने ।

प्रवक्ता



महाशाखा प्रमुख
स्वास्थ्य समन्वय महाशाखा

सहायक सूचना अधिकारी

 
  info @ mohp.gov.np
  +९७७-०१४२६२६९६, ४२६२५४३
  +९७७-४२६२६९६
 रामशाहपथ, काठमाण्डौं, नेपाल

सामाजिक सन्जालमा मन्त्रालय