Title of the document

 

ज्ञान चौतारी सचिवालय

राष्ट्रिय स्वास्थ्य नीति २०७६ ले सबै क्षेत्र तथा निकायबाट गरिने अनुसन्धानका नतिजालाई एकीकृत गरी प्राप्त तथ्य, प्रतिबेदन तथा निष्कर्षलाई नीति निर्माण, योजना तर्जुमा तथा स्वास्थ्य पद्धतिको विकास तथा बिस्तारमा प्रयोग गरिने रणनीति लिएको छ ।  यसैगरी १५औ पंच बर्षीय योजनाको स्वास्थ्य तथा पोषण उप क्षेत्रको अवधारणा पत्रमा, संघिय देखि स्थानीय तहसम्म को सरकारी संरचनामा नीति निर्माण र निर्णय प्रक्रियामा अनुसन्धानमा आधारित तथ्यको प्रयोगलाई बढावा दिने भनी उल्लेख भएको छ ।

यसै सन्दर्भमा स्वास्थ्य क्षेत्रको नीति निर्माण, योजना तथा कार्यक्रम तर्जुमा र बजेट सम्बन्धी निर्णय प्रक्रियामा  अनुसन्धानमा आधारित तथ्य र नतिजाको प्रयोगलाई बढावा दिन यस मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा अन्तर्गत रहेको नीति तथा योजना शाखालाई ज्ञान चौतारी (Knowledge Café) सचिवालय तोकिएको छ । यसको कार्यक्षेत्र माथि उल्लेखित उद्धेश्य प्राप्तिका लागि “ज्ञान चौतारी बैठक (Knowledge Café Meeting) लगायत विभिन्न कार्यक्रमहरुको आयोजना र सहजीकरण गर्नु रहेको छ । यस सचिवालय मार्फत नीतिनिर्माताहरु, कार्यक्रम प्रबन्धकहरु, अनुसन्धानकर्ताहरु, लगायत स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सम्पूर्ण स्वास्थ्य क्षेत्रसँग सम्बद्ध स्वास्थ्य व्यवसायीहरुलाई स्वास्थ्य  क्षेत्रका  नीति  तथा  कार्यक्रमहरुमा अनुसन्धानका  नतिजाहरुलाई  प्रतिबिम्बित  गर्न सहजीकरण गर्ने उद्धेश्य सहित माथि उल्लेखित कार्यहरु संचालन गरिन्छ ।

प्रवक्ता



महाशाखा प्रमुख
स्वास्थ्य समन्वय महाशाखा

सहायक सूचना अधिकारी

 
  info @ mohp.gov.np
  +९७७-०१४२६२६९६, ४२६२५४३
  +९७७-४२६२६९६
 रामशाहपथ, काठमाण्डौं, नेपाल

सामाजिक सन्जालमा मन्त्रालय