Admin and logistics management section

  • क्षयरोग नियन्त्रणका लागि संघीय तहमा खरिद तथा आपूर्ति सम्बन्धि राष्ट्रिय कानुन, नीति, निर्देशिका, गुणस्तर मापदण्ड, प्रोटोकलहरु निर्माण गर्न सहयोग गर्ने ।
  • क्षयरोग नियन्त्रणसँग सम्बन्धी औषधि, स्वास्थ्य उपकरण तथा औजारहरुको मापदण्ड एवम् कउभअषष्अबतष्यल दबलप तयार तथा अध्यावधिक गर्ने ।
  • क्षयरोग नियन्त्रणका लागि आवश्यक पर्ने विशिष्ट किसिमका औषधि तथा स्वास्थ्य सामाग्रीहरुको खरीद तथा प्रदेशस्तरमा आपूर्तिको व्यवस्था गर्ने ।
  • प्रदेश तथा स्थानीय स्तरमा क्षयरोग नियन्त्रणसँग सम्बन्धित आवश्यक औजार, उपकरण तथा औषधीहरुको खरीद तथा आपूर्ति गर्न सहजिकरण गर्ने ।
  • राष्ट्रियस्तरमा आपूर्ति व्यवस्थापन सुचना प्रणालिलाई संस्थागत गर्न समन्वय तथा सहजिकरण गर्ने ।
  • केन्द्र अन्तरगतका कार्याहरुमा आवश्यक समाग्रीको व्यवस्थापन गर्ने ।
  • केन्द्रका कर्मचारीहरुको हाजिर तथा विदा व्यवस्थापन सम्बन्धी कार्य गर्ने ।
  • केन्द्रका कर्मचारीहरुको व्यक्तिगत विवरण अध्यावधिक गर्ने ।
  • केन्द्र अन्तरगत दर्ता, चलानी सम्बन्धी कार्य गर्ने ।
  • केन्द्रको भवनको सुरक्षा, सरसफाई, बत्ति, पानी तथा टेलिफोनको प्रवन्ध लगायत आन्तरिक प्रशासन सम्बन्धी अन्य कार्य गर्ने ।
  • केन्द्रमा रहेका सरसामानहरुको रेखदेख तथा मर्मत सम्भारको व्यवस्था मिलाउनृ ।
  • केन्द्र अन्तरगत जिन्सी व्यवस्थापन गर्ने ।
  • केन्द्रको कामको सिलसिलामा आईपर्ने अन्य प्रशासनिक कार्यहरु गर्ने ।
  • केन्द्रस्तरमा कानूनी परामर्श प्रदान गर्ने ।
  • केन्द्र र अन्तरगतका कार्यालयका लागि आर्थिक विवरण तयार गर्ने ।
  • केन्द्र अन्तरगत अख्तिायारी व्यवस्थापन तथा रकमान्तर गर्ने ।
  • केन्द्र अन्तरगतका शाखाहरुको बजेट निकासा गराउने ।
  • केन्द्रको आन्तरिक लेखा परिक्षण गराउने ।
  • केन्द्र अन्तरगतका कार्यालयहरुको अन्तिम लेखा परीक्षण गराउने ।
  • केन्द्र अन्तरगत बेरुजुको लगत राख्ने तथा बेरुजु फछ«यौट गराउने ।
  • केन्द्रको कार्य संचालनको निकासा लिने ।
  • केन्द्रको दैनिक कार्य संचालनको लागि खर्च भएको रकम भुक्तानी दिने ।
  • केन्द्रको आर्थिक तथा आन्तरिक प्रशासन सम्बन्धी मासिक तथा वार्षिक विवरण तयार गर्ने ।
  • केन्द्रको आर्थिक प्रशासनसंग सम्बन्धि राय सल्लाह प्रदान गर्ने ।
  • संघीयस्तरको वार्षिक कार्य योजना तर्जुमा प्रक्रिया तथा कार्यान्वयनाम समन्वय तथा सहयोग गर्ने ।                                

Contacts

  info (@) mohp.gov.np
  +977- 014262543, 4262802
  +977-4262696
 Ramshahpath, Kathmandu, Nepal

Keep in Touch via Social Media