Epidemiology and Epidemic Management Section

  • ईपिडेमियोलोजी तथा महामारी व्यवस्थापन सम्बन्धी आवश्यक राष्ट्रिय कानुन, नीति तथा रणनीति तयार गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहयोग गर्ने ।
  • स्वास्थ्य जन्य प्रकोप, महामारी तथा अन्य स्वास्थ्य आपतकालिन अवस्थाको व्यवस्थापना तथा पुर्वतयारी सम्बन्धी आवश्यक राष्ट्रिय कानुन, नीति तथा रणनीति तयार गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहयोग गर्ने ।
  • ईपिडेमियोलोजी तथा महामारी व्यवस्थापन सम्बन्धमा मापदण्ड, प्रोटोकल तथा निर्देशिका तयार गर्ने ।
  • प्रदेश र स्थानीय तहमा ईपिडेमियोलोजी तथा महामारी व्यवस्थापन व्यवस्थापनका लागि आवश्यक सहयोग तथा समन्वय गर्ने ।
  • ईपिडेमियोलोजी तथा महामरी व्यवस्थापन सम्बन्धी संघस्तरको बार्षिक कार्य योजना तर्जुमामा सहयोग तथा कार्यान्वयन गर्ने ।
  • ईपिडेमियोलोजी तथा महामारी व्यवस्थापन लागि संघीय स्तरमा सम्बद्ध निकायहरुसँग समन्वय तथा सहकार्य गर्ने ।
  • ईपिडेमियोलोजी, महामारी तथा आपतकालिन अवस्थाको व्यवस्थापन सम्बन्धी सूचना व्यवस्थापन तालिम लगायतका संघीय कार्यक्रमहरुमा समन्वय र सहयोग गर्ने ।
  • प्राकृतिक प्रकोपबाट स्वास्थ्य क्षेत्रमा पर्ने असर न्यूनिकरण एवं रेस्पोन्स गर्नका साथै महामारी नियन्त्रणका लागि बहुनिकाय समन्वय गर्ने ।
  • प्राकृतिक प्रकोप पश्चात विस्थापित समुदायमा रोग फैलिन नदिन प्रदेश तथा स्थानीय तह मार्फत प्रतिकारात्मक र उपचारात्मक सेवा प्रवाहका लागि सहजिकरण तथा समन्वय गर्ने ।
  • प्रदेशसँगको समन्वयमा प्राकृतिक प्रकोप पूर्व तयारी तथा व्यवस्थापन गतिविधिको अनुगमन, सुपरिवेक्षण गरी सम्बद्ध निकायहरुलाई पृष्ठपोषण गर्ने ।
  • महामारीजन्य रोगको नियन्त्रणको लागि द्रुत प्रतिकार्य टोली परिचालन मार्फत प्रकोपको नियन्त्रण तथा व्यवस्थापन गर्ने ।
  • रोगहरुको महामारी तथा प्रकोप नियन्त्रणका लागि आवश्यक पर्ने औषधि तथा सामग्रीहरुको बफर स्टक व्यवस्थापनका साथै सोका लागि सहजिकरण तथा समन्वय गर्ने ।
  • रोगहरुको महामारी, प्रकोप पूर्वा तयारी, रोकथाम र नियन्त्रण गतिविधिको अनुगमन, सुपरिवेक्षण गरी पृष्ठपोषण दिने ।

Contacts

  info (@) mohp.gov.np
  +977- 014262543, 4262802
  +977-4262696
 Ramshahpath, Kathmandu, Nepal

Keep in Touch via Social Media